प्रज्ञापनपत्र भन्दा बढी फलफुल देखिए पछि भारतीय गाडी र चालकलाई राजस्व अनुसंधानमा
कपिलवस्तु ११ असोज
प्रज्ञापनपत्र भन्दा बढी सामान देखिए पछि कपिलवस्तु प्रहरीले फलफुल बोकेको भारतीय गाडी र चालकलाई नियन्त्रणमा लिई राजस्व अनुसंधान कार्यालय बुटवल चलान गरेको छ ।
तौलिहवा भैरहवा सडक खण्ड अन्र्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा नियन्त्रण्मा लिई अनार,खरबुजा, स्याउ नरिबल र सुन्तला लिएर भैरहवा तर्फ जादै गरेको युपी १५ जेटी ८०२४ नम्बरको भारतीय नम्बर प्लेटको गाडीमा सुन्तलाको भने प्रज्ञापन पत्र नदेखिए पछि प्रहरीले सो गाडी र चालकलाई अनुसंधान कार्यालय चलान गरेको हो ।
सो गाडीमा ३ सय केजी सुन्तलाको प्रज्ञापन पत्र नदेखिएकाले गाडी र चालक भारत उत्तर प्रदेशका दिल शाहलाई अनुसंधान कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
१९ हजार २ सय मुल्यको सुन्तलाको प्रज्ञापन पत्र नदेखिएको र बाकी रहेका सामानको ४ लाख २२ हजार ४८० को प्रज्ञापन पत्र गराएको देखिएको थियो । सो फलफुल मर्यादपुरका ब्यापारी अनारुल्लाह मुसलमानको रहेको ब्यापारी श्रोतले जनाएको छ ।
ब्यापारी श्रोत अनुसार ब्यापारी मुसलमानले भन्सार कर्मचारीहरुसंग सेटीङ गरी प्रज्ञापन पत्र भन्दा बढी फलफुल ल्याउने गरेका छन । प्रहरीले सो कुरा थाहा पाए पछि नै गाडीलाई राखेर चेकजाच गर्दा सो तथ्य फेला परेको हो ।































