अबैधरुमा भित्राइएका ३ लाख बढी मुल्यको किबि बरामद
कपिलवस्तु, असोज ११ गते । भारतबाट अबैधरुपमा भित्राइएको ३ लाख बढीको मुल्यको किबि कपिलवस्तुको कृष्णनगर नगरपालिका २ झण्डेनगरमा बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भन्सार छली गरेका ल्याइएको ३ लाख १७ हजार ७५० रुपैयाको किबि फेला पारिएको पारेको हो ।
४४ वटा बोरामा राखिएको अवस्थामा किबि बरामद गरिएको प्रहरी नायब उपरिक्षक रितेन्द्र कुमार सिंहले बताए । बरामद किबि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा बुझाईएको उनले बताए ।
यस्तै महराजगंज नगरपालिका १० हर्दौनामा अबैधरुपमा भित्राइएका सवा लाखको बिभिन्न सरसामान समेत बरामद गरिएको छ । जुत्ता, चप्पल, अन्डरबियर, पेन्ट, चिनी, सख्खर, तेल टायल्स लगायका सामाग्री बरामद गरिएको थियो । बरामद सामान सुठौली भन्सारमा बुझाइएको छ ।
यस्तै मायादेबी गाउपालिका वडा नम्बर ४ चाकरचौडामा अबैधरुपमा भित्राइएको मन्दिर आकारको १ सय ७५ पिस काठका सामाग्री बरामद गरिएको छ । ३५ हजार बढी मुल्यको सो सामाग्री समेत सुठौली भन्सार चलान गरिएको छ ।































