कपिलवस्तुमा नेपाल संबत ११४६ को अवसरमा निकालियो खुशीयाली र्याली

कपिलबस्तु सदरमुकाम तौलिहवामा निकालिएको खुशियाली र्याली ।

तौलिहवा(कपिलबस्तु), कात्तिक ५ गते । नेपाल संबत ११४६ को अवसरमा कपिलवस्तुको तौलिहवामा खुशीयाली स्वारुप र्याली निकालिएको छ । नेवाः खल कपिलवस्तुको अगुवाईमा निकालिएको र्याली आनन्दबाग देखि तौलिहवा बजारको परिक्रमा समेत गरेको थियो ।
नेवारी परंपरागत पोशकको पहिरनमा र्याली निकालिएको थियो । शंखर साख्वाले चलाएको नेपाल संबत सबै नेपालीहरुको रहेको खलका अध्यक्ष हेमन्त श्रेष्ठले बताउनुभयो । त्यसैको सम्झनामा आफुहरुले बुद्धनगरीमा समेत खुशाीयाली र्याली निकालिएको उहाँले बताउनुभयो ।
यसैगरी कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हःपूजा पनि गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हःपूजा गर्ने गर्छन् । मानिसको आत्मा नै ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको रबीचन्द्र शाक्यको भनाई छ ।

 

प्रतिक्रिया
संबन्धित समाचार