तौलिहवा(कपिलबस्तु), कात्तिक ७ गते । जिल्लाको विभिन्न स्थानमा लक्ष्मी पुजामा स्थापना गरिएको लक्ष्मीको मुर्ति विसर्जन गरिएको छ । लक्ष्मी पुजाका दिन बिषेश पुजापाठ गरी जिल्लाका १० पालिकाको बिभिन्न स्थानमा २ सय ८७ वटा महालक्ष्मीको मुर्ति निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ८७ मुर्ति प्रर्दशनका लागि राखिएको थियो । ती मुर्तिहरुलाई स्थानीय नदी नाला, पोखरीमा बिसर्जन गरिएको हो । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार विहिबार १ सय २६ र आज शुक्रबार १ सय ६१ वटा मुर्ति विसर्जन गरिएको बताउनुभयो ।
दशैका बेला दुर्गाभगवती निकाल्ने चलन पहिले देखि नै चलि आएको छ । तिहारमा भने बिगत केही बर्ष अघि सम्म थोरै मात्र निकाल्ने चलन थियो । तर अहिले भने तिहारमा समेत लक्ष्मीको मुर्ति निकाल्ने चलन बढदै गएको हिन्दु धर्मगुरु राम शब्द मिश्राले बताउनुभयो । गएको दशैमा ४ सय ९६ वटा दुर्गा भगवतीको मुर्ति निकालिएको थियो ।
















