काठमाडौँ । लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसदको लागि निर्वाचन आयोगले निलम पासवानलाई निर्वाचित भएको घोषणा गरेको छ ।
जनमत पार्टी नेपालको समानुपातिकको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा रहेका पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित घोषणा गरिएको हो ।
यसअघि आदिवासी जनजाति कलस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त रहेको थियो । जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ रुपन्देहीकी पासवान पार्टीकी कार्यकारणी सदस्य समेत हुन् ।

















