महिला केन्द्रित नीति सम्बन्धी सवोकारवालासंग स्थानीय संबाद कार्यक्रम

लुम्बिनी समय । समाचारदाता
कपिलवस्तुको तौलिहवामा महिला केन्द्रित नीति सम्बन्धी सवोकारवालासंग स्थानीय संबाद कार्यक्रम संपन्न गरिएको छ । युएन ओमनको सहयोगमा तथा दलित महिला संजाल भक्तपुरको आयोजना कार्यक्रम संपन्न गरिएको हो ।
समाजिक मान्यता परिवर्तन मार्फत लैगिंकातामा आधारित हिंसा रोक्ने उद्देश्य सहीत गरिएको कार्यक्रममा महिला अधिकार सम्बन्धी बिधमान कानुनी अधिकार, सवाल, बिभेद, सामाजिकक न्याय, समानता, जातिय छुवाछुत लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहजकर्ता संजय कुमार पासीले महिला केन्द्रित बिधमान नीति, कानुनी ब्यवस्था, वर्तमान अवस्था लगातयका बिषयमा जानकारी गराएका थिए ।
सो अवसरमा कपिलवसतु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेलले बिगतको तुलानामा अहिले महिलाहरुको सशक्त हुदै आएको बताए । उनले अहिले पनि समाजका जातिय छुवाछुत र बिभेद कायम रहेको भन्र्द उनले यसलाई हटाउन जन चेतना फैलाउनु पर्ने बताए ।
संजाल की अध्यक्ष गीता नेपालीको अध्यक्षता, परियोजन संयोजक धन बहादुर बिको संचालनमा भएको कार्यक्रममा संजाल की कार्यकारी निर्देशक मन कुमारी बिकले उद्देश्य बारे जानकारी गराएकी थिईन ।
सो अवसरमा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिला अधिकारकालागि पुृुरुषहरुले समेत साथ दिनु् पर्ने बताए । कार्यक्रममा सामाजिक परिचालिक बिष्णु भुसालले ६ महिला अघि देखि कपिलवस्तु नगरपालिका वडा नम्बर ६, ७ र ८ मा संचालित परियोजाले केह िभए पनि परिवर्तन ल्याएको बताई र उनले वडा नम्बर ६ मा दलित महिलाहरुलाई तीज सरायो नाचमा सहभागी गारई पुजापाठ समेत कुनै बिभेद नगरिएको उनले बताईन ।

प्रतिक्रिया
संबन्धित समाचार