परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाको परिचयात्मक कार्यक्रम
कपिलबस्तु । जिल्लाका मायादेवी गाँउपालिकामा दलित समाज विकास केन्द्रको आयोजना र युनाइटेड मिशन टु नेपाल (UMN) को सहयोगमा ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय (CYC)’ परियोजनाको सरोकारवालाहरूसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दलित समाज विकास केन्द्रकी अध्यक्ष सूर्यमती पाँसीको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, सामाजिक विकास शाखाका प्रमुख बैतुल्लाधुनिया शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरे गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डे, CyC परियोजनाका परियोजना अधिकृत जितेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य संस्थाका कार्यकारी निर्देशक रामशरण रैदसले प्रस्तुत गर्दै परियोजनाले विगत वर्षहरूमा सञ्चालन गरेका कार्यक्रम तथा प्राप्त उपलब्धिहरूबारे जानकारी गराए। साथै चालु आर्थिक वर्षमा परियोजनाद्वारा सञ्चालन गरिने प्रमुख गतिविधिहरूको विस्तृत प्रस्तुति परियोजना अधिकृत जितेन्द्र चौधरीले दिए।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले कार्यक्रममा बोल्दै भने, “गाउँपालिकाको समावेशी विकासका लागि बालबालिका, युवा र समुदाय लक्षित कार्यक्रमहरू अत्यन्तै आवश्यक छन्। यस किसिमका परियोजनाले स्थानीय तहका योजनासँग सहकार्य गर्दै पछाडि परेका समुदायलाई सशक्त बनाउने अवसर प्रदान गर्छ,” भन्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्धता व्यक्त गरे।
परियोजना मायादेवी गाउँपालिकाका आठवटै वडामा सञ्चालन रहेको छ। परियोजनाले पछाडि पारिएका समुदायलाई सशक्त बनाउने उद्देश्यले बालबालिका र युवामुखी कार्यक्रम, आयआर्जनमूलक सीप विकास, समुदायस्तरका क्षमता अभिवृद्धि तथा अधिकारसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, युवा क्लबका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













