स्वर्गीय भगवादनदास गुप्ताको २८ औ पुन्य तिथी मनाईयो

कपिलवस्तु, कात्तिक २८ गते । कपिलवस्तुका चर्चित नेता स्वर्गीय भगवानदास गुप्ताको २८ औ पुन्य तिथी कपिलवस्तुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
भगवानदास स्मृति प्रतिष्ठानको आयोजनामा तौलिहवामा स्मृति सभा, बाल मन्दिरका बेसाहरा बालक र कपिलस्तु अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।
बाल मन्दिर अघि रहेको स्वर्गीय गुप्ताको शालीकमा माल्यापर्ण समेत गरिएको थियो । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे पुर्व मन्त्री बलराम अधिकारी, प्रदेश सदस्य बिष्णु पन्थी, प्रदेश सदस्य गिरीधारी लाल न्यौपाने, राष्ट्रिय सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेय, प्रदेश सदस्य नवराज लामिछाने, पुर्व मन्त्री दान बहादुर चौधरी, पुर्व प्रदेश मन्त्री धर्म बहादुर लाल श्रीवास्तव, यशोधरा गाउपालिकाका अध्यक्ष शिव दयाल तिवारी लगायतले स्वर्गीय गुप्ताले कपिलवस्तुको विकासमा स्वर्गीय गुप्ताले दिएको योगदानको चर्चा गरेका थिए ।
पुर्व सांसद तथा प्रतिष्ठानका अध्यक्ष बृजेश कुमार गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।

 

प्रतिक्रिया
संबन्धित समाचार