तौलिहवामा मुस्लिम अगुवाहरुकाे प्रर्दशन

प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायलाई लक्षित गैर जिम्मेवार अभिब्यक्ति दिएको भन्दै कपिलवस्तुको तौलिहवामा मुस्लिम अगुवाहरुले प्रर्दशन गरेका छन ।

प्रर्दशनका क्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै तत्कालै अभिब्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने बताए । प्रधानमन्त्री कार्कीले महिला हिंसाविरुद्ध १६ दिने अभियानको शुभाम्भको दिन मुस्लिम महिलाको मानमर्दन हुने गरी दिएको अभिब्यक्ति खेदजनक रहेको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीको अभिब्यक्तिले मुस्लिम महिलाको मर्यादा र पहिचानमा प्रहार गरेको, मुस्लिम समुदायलाई गलत रुपमा चित्रित गरेको र राष्ट्रको बहुलबादी मुल्यमाथि नै प्रहार भएको आरोप कांग्रेस नेता अतहर कमालको छ ।

मुस्लिम अगुवा रउफ अहमद खा र हजरत अलीलले प्रधानमन्त्रीको अभिब्यक्ति गलत भएको र यसलाई सच्चाउनु पर्ने माग गरे ।  प्रर्दशन पछि उनीहरुले प्रजिअ जर्नादन गौतममार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र समेत बुझाएका छन ।

प्रतिक्रिया
संबन्धित समाचार