काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य १७ ओभर चार बलमा भेट्टाएको हो ।
लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाउनुभयो । ४४ बलको सामना गर्दै उहाँले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाउनुभएको हो ।
















