कपिलबस्तु, पुस ८ गते । केहि दिन देखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुका जिल्लाको दुई पालिकाले विद्यालय बन्द गरेका छन् । विगत केही दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाको यशोधरा र मायादेवी गाँउपालिकाले आफ्नो पालिकाभित्रका विद्यालय बन्द गरेका हुन् ।

यशोधरा गाँउपालिकाका अध्यक्ष शिव दयाल तिवारीका अनुसार केही दिन देखि बढिरहेको अत्याधिक चिसो तथा शितलहरका कारण विद्यालयमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न कठिनाई उत्पन्न भएका कारण विद्यालय बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार पालिका भित्राका सामुदायिक, संस्थागत तथा धार्मिक विद्याललय सोमबार सम्मका लागि बन्द गरिएको बताउनुभयो ।

त्यस्तै यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवका अनुसार मौसम प्रतिकुलका कारण अत्यधिक चिसो बढेको कारणले पालिका अन्तरर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरुमा पुस १४ गते सम्म जाडो विदा दिइएको बताउनुभयो ।