राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा उम्मेदवार सिफारिस
कपिलबस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति कपिलबस्तुले अगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवार चयन गरेको । समितिले आज तौलिहवामा बसेको बैठकबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ र समानुपतिक तर्फको उम्मेदवारहरुको सिफारिस गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताउनुभयो ।
पार्टीले कपिलबस्तु क्षेत्र नं. १ मा चिन्नी लाल विश्वकर्मा, मोहम्मद अली मुसलमान, क्षेत्र नं. २ मा जामवन्ति भुज, श्रीराम माली, लिलिप कुमार चौधरी, क्षेत्र नं. ३ मा रविदत्त मिश्रा, हिरा लाल यादव र शिव कुमार कोलापुरीलाई प्रतिनिधि सभा सदस्य प्रत्यक्षका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ ।
त्यस्तै समानुपतिक तर्फ क्षेत्र नं. १ मा अब्दुल अजीज मुसलमान, क्षेत्र नं. २ मा कैलाश प्रसाद अग्रहरी(मधेशी तर्फ), नाजिया खान(मुस्लिम तर्फ) सुमन चौधरी(मधेशी तर्फ), क्षेत्र नं. ३ सुरेश कुमार जायसवाल, सीता खनाल (खस आर्य), लवकुश मिश्रा, इनतजार खाँ (मुस्लिम तर्फ) लाई सिफारिस गरिएको छ ।































