लुम्बिनी समय । समाचारदाता
कपिलबस्तुमा दान पेटिकाको रकम चोरेको आरोपमा एकजना प्रहरीले पक्राउ परेका गरेको छ । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. २ गोरुसिंगे स्थित कपिलबस्तु सर्प दंश उपचार केन्द्रको दान पेटिकामा रहेको चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार दान पेटिकामा रहेको ३५ हजार ९ रुपैयाँ चोरेको आरोपमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ टाढीका विनोद नेपालीलाई पक्राउ गरिएको बताउनुभयो । कोही नभएको मौका छोपी नेपालीले दानपेटीकै उठाएर लगेका थिए। उनलाई सिसी फुटेजको आधारमा घटनाको अनुसन्धान गर्दा नेपाली पक्राउ परेको प्रहरी निरीक्षक पौडेलको भनाई छ । पक्राउ परेका नेपालीलाई चोरी सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।