कपिलबस्तु, पुस १५ गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुंवरले शस्त्र प्रहरीले संगठनको निति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई भयरहित र शान्ति पूर्वक सम्पन्न गर्न सशस्त्र प्रहरीले पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । सशस्त्र प्रहरीले सबै निकाय संग समन्वय गरेर अझ परिमारजित रुपमा काम गर्ने उहाँको भनाई थियो ।
सिमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुको १९ औं स्थापना दिवसको अवसरमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । समयमा आर्जन गरेको पेशागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाई छ ।
कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत हुनु पर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले सिमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायत जनताको दिनानुदिन आई पर्ने समस्याहरुलाई समाधान गर्न सशस्त्र प्रहरीको महात्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले सिमाबासीलाई लक्षित गरी स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र सिप मुलक तालिमहरु सञ्चालन गरी सिमामा बस्ने बासीहरुको मन र मस्तिष्क जित्ने कार्यहरु गर्दै आईरहेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताउनुभयो । स्थापना दिवसको अवसरमा रक्तदान, खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरु गरिएको थियो ।