१० औ संस्थाको स्थापना दिवसमा स्थानिय विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कपिलबस्तु नगरपालिका ९ जनगदिशपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सामुदायिक विद्यालय ६, संस्था गत विद्यलाय २, मदरसा २ र बहुसरोकार मञ्चलाई सामाग्री वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्माले समाजमा छरिएर रहेको पुंजीलाई एकिकृत गरी संस्थाले उदहरणीय कार्य गदै आइरहेको उहाँले बताउनुभयो । छोटो समयमा संस्थाले धेरै प्रगति गरि सकेको उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै संस्थाका प्रबन्धक बसन्त मुराउले सहकारीले आफ्नो ९ बर्ष पुरा गरी दशौ बर्षमा प्रबेश गरेको अवसरमा सो सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले संस्थाले नफा गरे पछि त्यो नाफाको अंश वितरण गरिनु पर्ने उहाँको भनाई छ । स्वच्छ समाज निर्माणका लागि वडाले गर्ने कार्य सहकारीले गरेको वडाध्यक्ष शर्माले बताउनुभयो ।
संस्थामा २४ जना प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । त्यस्तै संस्थाले एउटा दुग्ध उद्योग सञ्चालन गरी गत आर्थिक बर्षमा करिब २९ करोडको कारोबार गरेका संस्थाका प्रबन्धक मुराउले बताउनुभयो । साथै संस्थाले बर्षिक रुपमा आठ लाख पचास हजार लिटर दुध संकलन गरी कृषकहरुलाई भेटेनरी सेवा समेत प्रदान गर्दै आएको छ ।
श्याम माध्यमिक विद्यालयका शिक्षक राम लाल शर्माले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको कार्य सरहनिय रहेको बताउनुभयो ।
सहकारीमा करि २ हजार ४ सय शेयर सदस्य अबद्ध रहेका छन् । कार्यक्रम सहकारीकी अध्यक्ष सुलोचना पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुंग लगायतको सहभागिता रहेको थियो ।