६५ लाख नगद र गहनासहित एक जना फक्राउ
काठमाडौँ, पुस १७ गते। प्रहरीले ६५ लाख नगद र गहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ प्रहरीले काठमाडौँ महानगरपालिका–४, बालुवाटारस्थित स्टोर्म नेटवर्क प्रालि र इको भ्याली प्रालिबाट चोरी भएको ६५ लाखभन्दा बढी नगद र गहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले काठमाडौँ महानगरपालिका–२, खुर्सानीटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसीलाई दाङबाट पक्राउ गरेको हो।
प्रहरीले खोजी गरिरहेका केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले केसीको साथबाट नगद ६५ लाख १७ हजार १४० रुपियाँसँगै चाँदीका गरगहना र डेल कम्पनीको ल्यापटप बरामद गरेको छ। काठमाडौँ प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













