सेवा प्रवाहका आधारमा शिवराज अस्पताल प्रदेशमा पहिलो
कपिलवस्तु, असार १५ गते । कपिलवस्तुको शिवराज अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पहिलो भएको छ । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरू मध्ये ६२ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले बताउनुभयो ।
नगर प्रमुख शाहले अस्पतालको व्यवस्थापनमा परिवर्तन ल्याएको कारण अस्पतालबाट हुने सेवामा सुधार ल्याएको बताउनुभयो । यो उपलब्धिमा नगरपालिकाको टिम, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका मनोबल उच्च भएको हुँदा आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने उहाँको भनाइ रहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालन हुने मूल्याङ्कनले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, जनशक्ति, पूर्वाधार, औषधी तथा उपकरण व्यवस्थापन लगायत सूचकका आधारमा अङ्क प्रदान गर्ने गर्दछ ।
शिवराज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिप्रसाद पाण्डेले अस्पतालको मूल्याङ्कनमा पाएको सफलताले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै आगामी दिनमा सेवा गुणस्तर, व्यवस्थापन र बिरामीमैत्री सेवामा अझ सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका अन्य प्राथमिक अस्पतालमध्ये पिपरा अस्पतालले ६० अङ्क, चिसापानी अस्पताल ले ५९ अङ्क तथा लमही अस्पताल ले ५९ अङ्क प्राप्त गरेका छन् ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













