कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
बाणगंगा (कपिलवस्तु), असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिष्ठानका निर्देशक अरुणकुमार पाण्डेयले प्राविधिक शिक्षा मुलुकको समृद्धिको मेरुदण्ड भएकाले दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
कपिलवस्तु अस्पतालका अध्यक्ष श्याम प्रजापति तथा प्रशासकीय प्रमुख पुनितकुमार मिश्रले स्वास्थ्य क्षेत्रमा प्राविधिक शिक्षाको आवश्यकता र यसको बढ्दो महत्वबारे प्रकाश पार्नुभयो।
प्रतिष्ठानका शिक्षक विरेन्द्र गुप्ता र बिक्रम घिमिरेले शैक्षिक गुणस्तर तथा उत्कृष्टतामा जोड दिनुभएको कार्यक्रममा यदु पौडेलले अभिमुखीकरण गराउनुभएको थियो।
लेखा प्रमुख नन्दराम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा दैलेख टेक्निकल स्कुल व्यवस्थापन समितिका सदस्य चक्रबहादुर चन्द, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसैबीच प्रतिष्ठान प्रशासनले ल्याब टेक्निसियन विषयमा केही सिट रिक्त रहेको जनाउँदै इच्छुक विद्यार्थीलाई सम्पर्क गर्न आग्रह गरेको छ। प्रतिष्ठानमा हाल एचए, फार्मेसी, ल्याब टेक्निसियन, फिजियोथेरापी तथा अमिन विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













