पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात
तौलिहवा(कपिलबस्तु),साउन २३ गते । सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता नलागेपछि रोकिएको खोजी कार्य पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको बताउनुभयो । खोजी कार्यका लागि भैरहवा विमानस्थलबाट तालिम प्राप्त प्रहरी कुकुर समेत ल्याएर परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दासहितको ठूलो टोलीले ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो । राति अबेरसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता लाग्न सकेको थिएन ।
पूर्व नगर प्रमुख सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ । सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् ।
उहाँ कसरी सम्पर्कविहीन भए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार सम्भावित स्थानमा खोजीलाई तीव्र बनाउँदै सिंहको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको बताउनुभयो ।
हिजो शुक्रबार देखि सम्पर्क विहिन हुनुभएका कपिलबस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य जारी रहेको कपिलबस्तु प्रहरी उपरिक्षक मनोहर प्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार हामीले सबै तरिकाबाट खोजी कार्यमा लागि परेको बताउनुभयो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













