कपिलवस्तु, भदौ १५ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवा, कपिलवस्तुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७१ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ।

विपद्को घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

सहकारीका प्रबन्धक बसन्त मुराउले विपद् प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताउनुभयो। सहकारीले गरेको सहयोगले प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिइएको छ।

उहाँले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितका लागि आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।