अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
कपिलवस्तुकाे शिवराज नगरपालिका –०२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।
अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवलमा पुगेका बालकलाई चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। प्रहरी टोलीले अटो र चालक ३४ वर्षीया रुपा वि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













