नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा
संजय कुशवाहा
नवपरासी २६ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.७ भन्सार टोलबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स तथा सामग्रीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बिहान करिब ४ बजे भारतबाट नेपालतर्फ ल्याई लु ३ च २९३९ नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा अवैध सामान फेला परेको हो । इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली र सशस्त्र प्रहरी बल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद सामानमा २२ लाख ९४ हजार बराबरका २ हजार २९४ पिस माेबाइल एयर पाेडस,७० लाख ९५ हजार बराबरका ४४ हजार ३ सय पिस टेम्पर ग्लास,९३ हजार बराबरका ९ सय ३० पिस माेबाइल कभर र २ हजार बराबरकाे एक बाेरा प्लाष्टिक गरि कुल ९४ लाख ८४ हजार रहेकाे र उक्त सामान पिकअप गाडीमा राखेर लैजादै गरिएकाे गाडीकाे मूल्य २० लाखसहित कुल अनुमानित मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिनुभयाे ।
नियन्त्रणमा लिइएको सामान तथा गाडीलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













