प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणामा उहाँ सोमबार बेलायततर्फ प्रस्थान गर्नुभएको हो।
प्रधानसेनापति सिग्देलले यही असोज १९ देखि २५ गतेसम्म बेलायतमा विभिन्न कार्यक्रममा सहभागिता जनाउने नेपाली सेनाले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो।
नेपाली सेनाका अनुसार प्रधानसेनापतिको भ्रमणले नेपाल र बेलायतबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन तथा सैनिक कूटनीतिक माध्यमबाट नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानसेनापति सिग्देल बेलायतमा रहँदा उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













