राजपाल यादवमाथि ७ करोड ५० लाख ऋण
काठमाडौं। भारतीय सर्वोच्च अदालतले चेक अनादरसम्बन्धी मुद्दामा भुक्तानी गर्न दिएको आदेश समयमै पालना नगरेको भन्दै अभिनेता राजपाल यादवलाई कडा फटकार लगाएको छ।
सोमबार भएको सुनुवाइका क्रममा अदालतमा ५० लाख रुपैयाँको बैंक ड्राफ्टको प्रतिलिपि मात्र पेश गरिएपछि न्यायालयले असन्तुष्टि जनाएको हो।
‘बार एन्ड बेन्च’को रिपोर्टअनुसार सुनुवाइ गरिरहेका न्यायमूर्ति जोयमाल्या बाग्चीले कडा शब्दमा यादवलाई भने, “उनीहरू तपाईंभन्दा धनी होलान्, तर तपाईंले उनीहरूलाई जति ठग्नुभएको छ, त्यस हिसाबले उनीहरू गरिब छन्। यो अहंकारलाई सही ठाउँ देखाउनु आवश्यक छ। तपाईंले कहिले बोल्ने भन्ने थाहा पाउनुपर्छ। तपाईंको ठाउँ जेलमा हो।”
अदालतले यादवको निवेदन खारेज गर्ने पक्षमा आफू रहेको बताउँदै त्यसो नगर्नुको कारण उजुरीकर्ताले आफ्नो रकम पाउन सकुन् भन्ने रहेको स्पष्ट गरेको छ। यस मुद्दामा कुल ७ करोड ५० लाख रुपैयाँको रकम विवादमा रहेको छ।
सर्वोच्च अदालतले यादवलाई बाँकी रकम जुनसुकै अवस्थामा पनि भोलिसम्म भुक्तानी गर्न निर्देशन दिएको छ। अदालतले मुद्दाको अर्को सुनुवाइ पर्सि हुने र त्यस दिनको कार्यसूचीमा मुद्दालाई पहिलो नम्बरमा राखिने जनाएको छ।
चेक अनादरसँग सम्बन्धित यस मुद्दामा भुक्तानीमा निरन्तर भइरहेको ढिलाइप्रति अदालतले कडा रूप अपनाएको हो। न्यायालयले आफ्ना आदेश समयमै पालना गर्नुपर्ने र त्यसमा कुनै किसिमको लापरबाही सह्य नहुने स्पष्ट संकेत दिएको छ।
सन् २०१० मा यादवले आफ्नो फिल्म ‘अता पता लापता’ निर्माणका लागि ‘मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’ नामक निजी कम्पनीबाट करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए।
तर, फिल्मले अपेक्षाअनुसार व्यवसाय गर्न नसकेपछि उक्त लगानी डुबेको र यादवले कम्पनीको ऋण फिर्ता गर्न नसकेको बताइएको छ।
यसै मुद्दामा दिल्ली उच्च अदालतले यादवलाई तीन महिनाको जेल सजायसमेत सुनाएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













