बिजक नम्बर नभएको ७ हजार थान रेडिमेड सर्टसहित कन्टेनर नियन्त्रणमा
कपिलवस्तु, असोज १९ गते । कपिलवस्तुमा प्रहरीले बिलमा बिजक नम्बर उल्लेख नभएको रु. ५२ लाखभन्दा बढी मूल्यको रेडिमेड सर्टसहित एक कन्टेनर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको सात जनाको प्रहरी टोलीले शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरबाट सात हजार १५२ थान रेडिमेड सर्ट बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सर्टको भ्याटसहित अनुमानित मूल्य रु. ५२ लाख ५३ हजार १४४ रहेको छ। कन्टेनरको अनुमानित मूल्य रु. ३० लाख रहेको र सामान तथा सवारीसहित कुल मूल्य रु. ८२ लाख ५३ हजार १४४ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बिलमा बिजक नम्बर उल्लेख नभएको पाइएपछि सामान र कन्टेनर नियन्त्रणमा लिइएको बताउनुभयो। उहाँका अनुसार बरामद सामान र कन्टेनरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो।























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













