अनिरुद्ध माविको विद्यालय व्यवस्थापन समितिमा दुई महिला सदस्य निर्विरोध निर्वाचित
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ बैदौलीस्थित अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
गाउँपालिका–४ परसोहियाका शकुन्तला चौधरी र पुनम चौधरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएको विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले जानकारी दिनुभयो ।
खुलातर्फका दुई सदस्यका लागि भने सहमति हुन नसकेपछि आगामी मङ्सिर ९ गते निर्वाचन हुने भएको छ । खुला सदस्यका लागि शिवबालक केवट, असर्फी यादव, विजय पाठक र रामवृक्ष कहारले दाबी गरेपछि सहमति जुट्न नसकेको प्रधानाध्यापक पाण्डेयले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य चयनका लागि मङ्सिर १ देखि ९ गतेसम्मको निर्वाचन कार्यतालिका तय गरिएको छ ।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













