करिब दुई लाख विद्यार्थीको फर्जी विवरण भेटियो, छानबिन गर्न पाँच सदस्यीय समिति गठन
करिब दुई लाख विद्यार्थीको फर्जी तथा दोहोरो विवरण तयार गरी राज्यकोषबाट जाने शैक्षिक अनुदानमा आर्थिक अपचलन भएको विषय अनुगमनका क्रममा पहिचान भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
उनका अनुसार सामुदायिक विद्यालयमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, पोसाक तथा प्रतिविद्यार्थी लागत (पीसीजी) अनुदानका नाममा जाने रकम दुरुपयोग गर्ने उद्देश्यले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा फर्जी तथा दोहोरो विद्यार्थी विवरण राखिएको पाइएको हो।
यसअघि शिक्षा विभागले गत असोज २ गते नै फर्जी तथा दोहोरो विवरण हटाउन असोज मसान्तभित्र कार्य सम्पन्न गर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको थियो। पटकपटक ताकेता गर्दा पनि निर्देशन पूर्ण रूपमा पालना नभएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको मन्त्री पोखरेलले फेसबुकमार्फत जानकारी दिएका छन्।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













