जनकपुरधाम : संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज फैसला सुनाउने तयारी भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज दिउँसो फैसला आउन लागेको हो ।
७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५०) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेकी थिइन् भने सोही सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपनि विवाद सर्वोच्चमा पुगेको थियो ।
विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न गर्दै रिट निवेदन दर्ता भएकोमा संवैधानिक इजलासमा लामो बहसपछि आज फैसला सुनाउने तयारी भएको हो ।
मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले मुद्धाको सुनुवाई भएको हो ।
फैसला सुनाउने तयारी हुँदै गर्दा अदालतले के फैसला गर्ला भन्ने चौतर्फी चासो छ । यसैबीच सर्वोच्च परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सर्वोच्च आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।
त्यसगरि फैसलापछि उत्पन्न परिस्थ्तिीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाले समेत जनकपुर सहित जिल्लाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन गरेको छ । शान्ति सुरक्षा कायम गर्न भन्दै जनकपुर सहित जिल्लाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जनकपुरप्रेसलाई जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षी गठबन्धन विरुद्ध युवा संघले मोटरसाइकल जुलुस समेत प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया !