राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर १ प्रदेश सभा (क) को पार्टि कार्यालय उद्घाटन गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ झण्डा चोकमा एक समारोहका बिच पार्टिका केन्दिय सदस्य धुर्व रायमाझि, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ र प्रदेश सभा १ (क) अध्यक्ष डिल्लीराज शर्मा (रामु) ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालय भएसंगै अब पार्टीका सबै क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यालय उद्घाटन गर्दैै केन्द्रिय सदस्य रायमाझि र जिल्ला अध्यक्ष सिंहले हिन्दुत्व, सबैधानिक राजसंस्था सघियताको खारेजीको एजेन्डा साना र प्रमुख ठुला दल सबैमा बहसको बिषय हुन थालेकोले र यि एजेन्डा प्रति जनताको समर्थन पनि रहेकोले पार्टिले लिएको यि मुद्दा जनताको घर दैलो सम्म पु¥याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
जिल्ला क्षेत्रीय अध्यक्ष शर्माको अध्यक्षता, नबराज घिमिरेको सञ्चालन र राम बहादुर थारु चौधरीको स्वागत मन्तब्य रहेको थियो ।
कार्यक्रममा कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य देबेन्द्र किरण श्रीवास्ताव, प्रदेश सभा उपाध्यक्ष रामु थारु, जिल्ला उप सचिव ईश्वर गिरि, बाणगंगा नगर अध्यक्ष गिरिराज कंडेल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै राप्रपा कपिलवस्तुले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) का बुँदाहरु जलाएर विरोध समेत गरेको छ । सदरमुकाम तौलिहवामा एमसिसि विरुद्ध प्रदर्शन गरिएको हो ।
तपाईको प्रतिक्रिया !