दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही गरिने बताउनुभएको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो ।
छानबिन पूरा नहुँदासम्म सुनारलाई पदीय हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
अडियोको सत्यतथ्य पत्ता लगाउन आयोगलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै बुर्लाकोटीले कानुन आकर्षित हुने अवस्था आए सम्बन्धित सरकारी निकायले गर्ने अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताउनुभयो ।
छानबिनबाट गल्ती पुष्टि नभए कारबाही नहुने र दोषी देखिए पार्टीको विधानअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













