नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्र्तगत आव कपिलबस्तुमा पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता भएपछि चुनावी महोल तातेको छ ।
यस अघि नेपाली कांग्रेस कपिलबस्तुमा पार्टी सभापतिका लागि ३ जनाको चर्चा चलदै आएको. थियो । तर सभापतिका लागि लामो प्रयास पछि नेता राजेश आचार्यलाई सुधाकर पाण्डेयले समर्थन गरेका छन् ।
पार्टी सभापतिका लागि नेता राजेश आचार्यले उम्मेदवारी दर्ता गराएको उहाको प्रस्तावमा नेता सुधाकर पाण्डेय रहेको क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयले बताउनुभयो । लामो प्रयासपछि नेता आचार्य र पाण्डेय विच सहमति भएको उनले बताए । यस संगै कांग्रेस कपिलवस्तुको सभापतिमा २ जना निर्वाचनमा होमिने कांग्रेस नेताहरुले बताएका छन् ।
कपिलवस्तुको क्षेत्र नं. १ अब्दुल मन्नान खाँ र ३ मा ब्रह्मानन्द उपाध्याय देउवा पक्षका क्षेत्रीय सभापति निर्वाचित भएको र अधिकांस देउवा पक्षीय नेताहरु निर्वाचित भएकाले देउवा पक्षका उम्मेद्वार राजेश आचार्य बलिया उम्मेद्वारका रुपमा रहेका नेताहरु बताउछन् । कपिलवस्तुको क्षेत्र नं. २ मा पौडेल पक्षीय क्षेत्रीय सभापतिमा केशव श्रेष्ठ र पौडेल पक्षीय नेताहरु निर्वाचित भएकाले अब्दुल कलाम पनि प्रतिष्पर्धीका रुपमा उभिएका छन् ।
जिल्लाका १० स्तानिय तहका, ६ प्रदेश सभा निर्वाचन क्षेत्र र तीन प्रतिनिभिसभा मध्ये सबै तहमा चुनाव र सर्बसहमतिबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया !