कपिलवस्तु ७ पुस
कपिलवस्तु् ईन्टीग्रेटड सर्भिसेज किड्स संस्थाको सामाजिक परिक्षण तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा संस्थाद्धारा संचालित बिभिन्न ५ वटा कार्यक्रम र संस्थाको प्रगति प्रतिबेदन पेश गरिएको थियो । किड्सले लुम्बिनी प्रदेशका ९ र कर्णाली प्रदेशका ४ जिल्लाका काम गर्दै आएको छ ।
एचआईभि एड्स न्युनीकरण, महिला स्वास्थ्य परियोजना, किशोर किशोरी तथा युवा कार्यक्रम तथा राष्ट्रिय क्षयरोग कार्यक्रम तथा सुरक्षित मातृत्व र वास कार्यक्रमका बिषयमा कार्यक्रम संयोकजहरुले जानकारी गराएका थिए । यस्तै संस्थाका कार्यकारी निर्देशक कृष्ण द्धिबेदीले किड्सको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले किड्सले किड्सले राम्रो काम गरको भन्दै स्वास्थ्य सवालमा सबैले मिलेर काम गर्नु पर्ने बताए । उनले कपिलवस्तुको स्वास्थ्य क्षेत्रको अवस्थाालाइ सुधार गर्न सबैले मिलेर काम गर्नु पर्ने बताए ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालकया प्रमुख हेमराज पाण्डेयले स्वास्थय क्षेत्रका सुधारकालागि सबैले साथ दिनु पर्ने बताए । उनले हैजा बिरुद्धको कोलेराको औषधी बाकी रहेका ५ पालिकाबासीलाई खुवाउने गरी औषधी आउने निश्तित भएको जानकारी दिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकालाई छिट्टै क्षयरोगमुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रम गर्न लागिएको जानकारी गराइएको थियो । राम बिनोद चौधरीको अध्यक्षता र कमला शुक्लाको संचालनमा भएको कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, स्वास्थय निर्देशनालयका राम प्रसाद भट्टराई, जिल्ला समन्वय अधिकारी भुमी भट्टराई लगायतले मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !