कपिलबस्तु, पुस १३ ।
कृषि ज्ञान केन्द्रद्वारा संचारकर्मीहरुसंग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चालु आर्थिक बर्ष ०७८।०७९ मा केन्द्रद्वारा के कस्ता कार्यक्रम संचालन हुने भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा चालु आ.व.को लागि रु १३ करोड १४ लाख ९३ हजार बजेट बराबरको कार्यक्रम रहेको केन्द्रका प्रमुख डा .रविन्द्रनाथ चौबेले जानकारी गराएका थिए ।
जसमा चालु तर्फ रु ११ करोड ९४ लाख ३८ हजार र पँुजिगत तर्फ रु १ करोड २० लाख ५५ हजार बजेट बिनियोजन गरिएको बताए । कार्यक्रममा विगत वर्षका कार्यक्रमहरुबाट देखिएको प्रभाव, चालु आर्थिक बर्षमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा, स्मार्ट कृषि गाँउ कार्यक्रम, अभियानमुखि कृषि तथा पशुपक्षिं विकास कार्यक्रम, कृषि तथा पशुपक्षिं श्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गरिएको थियो ।
त्यस्तै कृषि तथा पशुपक्षिं जन्य उद्योग, यन्त्र तथा पूर्वधार विकास कार्यक्रम, कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतको कार्यक्रम बारे प्रमुख चौबेले जानकारी गराएका थिए ।
कार्यक्रममा केन्द्रद्धारा सञ्चालन हुने कार्यक्रमहरु वास्तविक किसान सम्म पुगेको छ की छैन त्यसमा कार्यालयले समय समयमा अनुगमन समेत गर्नु पर्ने सञ्चारकर्मीहरु जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघका अध्यक्ष किरणमान बाज्रचार्यले सो कार्यक्रमहरु वास्तविक किसान सम्म पुग्ने पर्ने बताए । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्रका शिबपुज गुप्ताले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !