कपिलवस्तु १५ पुस
बाल विवाह न्युनीकरणकालागि कपिलवस्तुका ४ पालिकामा रुपान्तरणकालागि संचालित किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन गरिएको छ । युएनएफपिएको सहयोगमा माहुरी होमले किशोर किशोरीको सशक्तिकरणका लागि जिल्लाका ४ पालिका २० समुहलाई रुपान्तरण कक्षा संचालन गर्दै आएको छ ।
शिवराज नगरपालिका १ करैया स्थित नमुना किशोरी समुहकी सहजकर्ता अंगीता चौधरीले रुपान्तरण कक्षाले किशोरीहरु सचेत बनको बताईन । बिद्यालयको पढाइको समय बाहेक हप्ताको दुई दिन बाल बिवाह, लैगीक हिंसा, पोषण, नागरिक सहभागीता, खर्च आम्दानी लगायतका पाठ सिके पछि उनीहरु सशक्त बन्दै गएका हुन । समहुमा सबै जसो थारु समुदायका बालिकाहरु छन । समहुकी अध्यक्ष मनिषा थारुले आफुहरु रुपान्तरण कक्षाले गर्दा धेरै कुराहरु सिक्न पाएको बताईन । सयमको सदुपयोग गर्दै जीवन उपयोगी सिप सहीत बाल बिवाह, महिला हिंसा लगायतका कुरा सिक्न र जान्ने मौका पाएको उनले बताईन ।
मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशाकीय अधिकृत गणेश अर्याल वडाध्यक्ष जगत जिसि पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अनुगन गर्दै कक्षाको निरीक्षण र अवलोकन समेत गरे । सो अवसरमा मेयर अधिकारीले रुपान्तरण भनेको परिवर्तन भएको भन्दै मानसिक रुपमा परिवर्तन भई मुल प्रवाहीकरणमा जानु पर्ने बताए । वडाध्यक्ष जिसिले आफनो वडामा संचालन गरिएको रुपान्तरण कक्षाले किशोरीहरु लाभांवित भएको बताए ।
यस्तै शुद्धोदन गाउपालिका– ३ स्थित परिवर्तन किशोरी समुह, संघर्ष किशोरी जागरण समुह तथा वडा नम्बर ४ स्थित कन्या जागरण समुह, बिशाल किशोर समुहमा संचालित कक्षाहरुको समेत अनुमगन र निरीक्षण गरिएको छ । शुद्धोदन गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादवले रुपान्तरण कक्षाले आफनो पछि परेका दक्षिणी भेगका किशोर किशाराहरु लाभांवित भएको बताए । उनले अहिलेको अवस्थामा यो कक्षा प्रभावकारी रहेको बताए ।
माहुरी होमले संचालन गर्न अघि यो समुहलाई नेपाल परिवार नियोजन संघले सो समुह मार्फत कक्षा संचालन गरेको थियो । कार्यक्रमका जिल्ला सुपरवाईजर रिखीराम निगमले शुद्धोदनमा १०, कपिलवस्तु नगरपालिकामा ६ र बिजयनगर गाउपालिका र शिवराज नगरपालिकामा दुईदुई वटा सुमहम मार्फत कक्षा संचालन भएको बताए । यो कार्यक्रमले किशोर किशोरीहरु जागरुक बनेको उनले बताए ।
तपाईको प्रतिक्रिया !