कपिलवस्तु, पुस १७
नय बर्ष सन २०२२ को पुर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा रक्तदान कार्यंक्रम संपन्न गरिएको छ । बाल सेना फेब टेनको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथिी तथा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेललले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन ।
वडाअध्यक्ष पौडेलले सन २०२१ को समापन र नया बर्षको आगमनको समयमा रक्तदान जस्तो पवित्र काम गर्न पाउदा आफुलाई निकै खुशी लागेको बताए । बाल सेनाले राखेको कार्यक्रम आफैमा नुमना रहेको उनले बताए । रक्तदान नै जीवन दान भएकालेले रक्तदान गर्न मिल्नेहरु सबैले समम सयममा रक्तदान गर्नु पनेै उनले बताए ।
सो कार्यक्रमबाट ३२ पिन्ट रगत संकलन भएकोे आयोजकले जनाएको छ । सो अवसरमा डाक्टर गंगाराम यादवले बाल सेनाको यो काम सराहनीय रहेको बताए । उनले जीवन दान दिनु भन्दा अरु कुनै पुन्यको काम हुन नसक्ने बताए । कार्यक्रमका रेडक्रस सोसाईटीको प्राबिधि सहयोग गरेको थियो । रेडक्रसका महामन्त्री संतोष कुमार श्रीवास्तवले सबैमा रक्तदान गर्न आवहन गरे ।
तपाईको प्रतिक्रिया !