कपिलवस्तु १८ पुस
बेमौसमी बर्षाका कारण कपिलबस्तुमा ४ करोड बढी काँचो ईटा नोक्सान भएको कपिलबस्तु इटा व्यावसायी संघ कपिलबस्तुका अनुगमन समितिका संयोजक शिव प्रसाद बन्जाडेले बताउनुभएको छ । संयोजक बन्जाडेका अनुसार नोक्सान भएको काँचो ईटाको मुल्य २३ करोड बढी रहेको बताए । ईटाको बिमा समेत नहुदा आफुहरुले हरेक बर्ष बर्षाले गार्द नोक्सानी सहन बाध्य भएको उनले गुनासो गरेका छन् ।
त्यस्तै कपिलवस्तु सहित बेमौसमी बर्षाका कारण रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काचो ईटा नोक्सान भएको हो । गत पुस १४ गते परेको अबिरल बर्षाका कारण ३ जिल्लाका १ सय ७० ईटा उद्योगमा तयार गरिएको काचो ईटा गलेर नोक्सान भएको छ । कपिलवस्तु रुपन्देही र नवलपासी गरी ३ जिल्लाको ईटा ब्यावसयी संघका संयोजक थानेश्वर घिमिरेले अबिरल बर्षाले ८४ करोड बढी मुल्यका काचो ईटा नोक्सान भएको दाबी गरेका छन् ।
‘हरेक बर्ष बर्षाका कारण तयारी अवस्थामा रहेको काचो ईटालाई गलाएर नोक्सानी गर्ने गर्दछ जसका कारण ईटा उद्योगीहरुले बर्षिकरुपमा लाखौ रुपैया नोक्सानी व्यहोर्न बाध्य भएको उनले बताए । प्रति ईटा उत्पादन मुल्य ३ देखि ५ रुपैया पर्ने गर्छ ।
‘यस बर्ष पनि बेमौसमी बर्षाले करौडाको काचो ईटा नष्ट भयो, हामीले हरेक बर्ष क्षति ब्यहोर्न बाध्य छौ’ कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ८ स्थित सेभेन स्टार ईटा उदोगका संचालक रुक बहादुर भुसालले भने । ‘खुला ठाउमा ईटा उत्पादन गर्नु पर्छ, बर्षाले हरेका बर्ष नोक्सानी गर्छ’ । जोखिमपुर्ण ब्यवसाय भएकाले आफुुहरु भगवानको भरोस बस्न बाध्य भएको उनले गुनसो गरे । ‘उच्च जोखिमका कारण कसैले पनि ईटाको बिमा समेत गर्दैनन’ उनले भने ‘त्यसैले हामीले नोक्सानी सहन बाहेको अरु बिकल्प नै छैन’ ।
उद्योग संचालनका लागि बिभिन्न प्रकृयामा काडई गर्ने सरकारले ईटाको बिमा गर्न ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । यस बर्ष मौसमले साथ दिएकाले उद्यागीहरुले बढी काचो ईटा बनाएका थिए । इँटाको अभाव हुने र मुल्मा समेत वृद्धिहुने सम्भावना बढेको उद्योगीहरु बताउछन ।
तपाईको प्रतिक्रिया !