लुम्बिनी समय । समाचारदाता
तौलिहवा,माघ ४ । कपिलबस्तु प्रहरीले बढ्दो कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न तपाँईको मास्क खै अभियान सञ्चालन गरेको छ । प्रहरीले जिल्लाको सदरमुकाम तौलिहवा स्थित सार्वजनिक सेवा लिईरहेका सेवा ग्राही र सेवा प्रदायक दुवैलाई केन्द्रित गरि माईकिङ तथा मौखिक रुपमा जनचेतना फैलाउने कार्य समेत गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
अभियानकै क्रममा करिब २ हजार ५ सय जना ब्यक्तिहरुलाई सम्झाई बुझाई गरिएको थियो भने करिब ५ सय थान मास्कहरु वितरण गरिएको उहाँले बताउनुभयो । सो क्रममा बजारका व्यवसायीहरुलाई मास्क, सेनिटाईजर तथा सामाजिक दुरी कायम राखि व्यापार व्यवसाय गर्न अनुरोध गरिएको प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताउनुभयो । सार्वजनिक यातयातका साधनहरुमा समेत अनुगमन गरि मास्क र सिटहरुको बिचमा दुरी कायम गरि यातायात सञ्चालन गर्नु पर्ने प्रहरी निरिक्षक मरासिनीले बताउनुभयो ।
अभियान सदमुकाम स्थित आन्दोलन चोक, कपिलवस्तु अस्पताल, जिल्ला प्रशासन चोक, नयाँटोल, मालपोत कार्यालय, नापी कार्यालय, आयुर्वेद औषधालय लगायतका स्थानमा स्थानमा सञ्चालन गरिएको छ ।
तपाईको प्रतिक्रिया !