कपिलवस्तु ५ माघ
जाडो बढदै गए पछि बुद्धभुमी नगरपालिकाले बिपन्न परिवारलाई सिरक बाड्न सूरु गरेको छ । १० वटा बार्ड रहेको नगरपालिकामा बुधवार वडा नम्बर १ र ४ मा ३९ जना बिपन्न परिवारलाई सिरक बाडिएको हो । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेतले वडा नम्बर १ मा २४ जनालाई सिरक हस्तान्तरण गरेका थिए ।
यस्तै वडा नम्बर ४ मा मेयर श्रेष्ठ र वडाध्यक्ष पवन कुमार चौधरीले १५ जा बिपन्न परिवारलाई सिरक हस्तान्तरण गरेका थिए । मेयर श्रेष्ठले शीत लहर बढेसंगै जाडो बढदै गए पछि आफुहरुले नगरपालिकामा रहेको बिपन्न परिवारको पहिचान गरी सिरक बाडिएको बताए ।
‘जाडोमा गरिब र बिपन्न परिवार मर्कामा छन हामीहरुले उनीहरुलाई जिवन यापनमा सहजताका लागि सिरक दिएका हौ’ उनले भने । नगरपालिका भित्र रहेका १० वटै वडाका बिपन्न परिवार पहिचान गरी दुई चार दिन भित्रै सिरक बाडिने उनले बताए ।
सिरक पाए पछि बिपन्न परिवार हर्षित बनेका छन । उता पालिकाले जाडो बढदै गए पछि नगरपालिका भित्र रहेका १० वटै वडाका चोक चोकमा दाउर बितरण गरिएको नगर प्रवक्ता पवन चौधरीले बताए । नगरपालिका भित्र रहेको १० वटै वडामा चोकहरमा दाउरा बाडि सकिएको उनले बताए ।
तपाईको प्रतिक्रिया !