कपिलबस्तु, माघ १२ । कपिलबस्तुमा चिसो तथा शितलहर पीडित अति विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिद्वारा चाइनिज ब्लाङ्केट वितरण गरिएको छ ।
असारमा आगो लागि मेरो घर पुरै जलेर नष्ट भएको म अहिले सम्म आफ्नो छिमेकी कहा बस्दै आएको जाडोमा सरकारले ब्लाङ्केट वितरण गरेर राम्रो काम गरेको यशोधरा गाँउपालिका ५ नदवाकी फातमा खातुनले बताईन् ।
चिसो तथा शितलहर शुरु भएदेखि नै हामीले जिल्ला विपद् व्यवस्थापन समिति द्वारा स्थानिय तहमा अति विपन्न परिवारको विवरण पठाउन स्थानिय तह र प्रहरी कार्यालयमर्फात पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । अति विपन्न परिवारमा २ जना सम्म सदस्य भएमा १ थान र सो भन्दा बढी भए २ थान वितरण गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा रहेको २९ वटा प्रहरी युनिट मार्फत विवरण संकलन गरि १ सय ९९ जना अति विपन्न परिवारलाई उक्त ब्लाङ्केट वितरण गरिएको हो ।
तपाईको प्रतिक्रिया !