जेष्ठ नागरिक तथा अतिबिपन्न परिवारलाई कम्मल बितरण

लुम्बिनी प्रदेशकी पर्यटन,ग्रमिण तथा सहरी विकास राज्यमन्त्री रीना नेपाल ९बिक०को पहलमा कपिलवस्तुको छोटकी तौलिहवाका ५० जेष्ठ नागरिक,अतिबिपन्न तथा गरिब परिवारलाई कम्मल बितरण भएको छ ।

कपिलवस्तु स्थित सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ४ छोटकी तौलिहवाका ५० जेष्ठ नागरिक,अतिबिपन्न तथा गरिब परिवारलाई जाडोबाट बचाउन कम्मल बितरण राज्यमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

अतिबिपन्न,सिमान्तकृत,गरिब तथा दलीत समुदायको बसोबास रहेको छोटकी तौलिहवाका ५० घरपरिवारलाई जाडोबाट जोगाउन सामाजिक संघ संस्थाको सहयोग लिएर भएपनि कम्मल बितरण गरिएको राज्यमन्त्री नेपालले बताइन् ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोमनारायण पौडेल लगायत सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार