लुम्बिनि समय । समाचारदााता
कपिलबस्तु, माघ १५ । जिल्लाको बुद्धभुमि नगरपालिका१० मा तीन सदस्य वडा स्तरिय बाल आधिकार समितिका लागि गुनासो सुनुवाई संयन्त्र गठन गरिएको छ । समितिमा बुद्धभुमी नगरपालिका वडा नम्बर १० का वडा सदस्य त्रिभूवन कुर्मी सयोजक रहेको समितिमा गिता कुमारी चौधारी र विरेन्द्र खरविन्द सदस्य रहेका छन । गठित ३ सदस्य समितिले वडा भित्र रहेका ईट्ट भट्टामा काम गर्ने बालबालिकाको निगरानी गर्ने , तथ्याङ्क संकलन गर्ने, शिक्षामा सहयोग गर्ने लगायत कार्य गर्ने दलित मानव अधिकार निगरानी समिति अध्यक्ष मिना परियारले जनकारी दिनुभएको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज र शिवराज नगरपालिका भित्र समिति गठन भाइसकेको कुरा परियारले बताएकी छिन् ।
ईट्ट भट्टामा काम गर्ने , गरिबी र आमा बुवा गुमएका बालबालिका लगायत होटल,रष्टिरेन्टमा काम गर्ने , शिक्षाबाट टाढा रहेका वा जोखिम रहेका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न बुद्धभुमि नगरपालिका १० नम्बर वडा कार्यालय धनकौली प्रतिबद्धा रहेको वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले बताउनु भएको छ ।
बुद्धभुमि नगरपालिका १० नम्बर वडा कार्यालयका वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा, वडा सदस्य, विद्यालयका शिक्षाक , स्वास्थ्य स्वययसेवीक,रामघाट कृषक समुहका प्रतिनिधि , बालक्लबका प्रतिनिधि ,पत्रकार लगयतको उपास्थति रहेको थियो ।
कार्यक्रम दलित मानव अधिकार निगरानी समिति र विश्व शिक्षा द्धारा संचालीत सक्रीय परियोजना मार्फत संचालीत वडा स्तरिय बाल आधिकार समितिका लागि गुनासो सुनुवाई संयन्त्र गठन तथा अभिमुखीकरण कार्यक्रमको सहयोगमा भएको थियो । कार्यक्रमको संचलन दलित मानव अधिकार निगरानी समितिका निर्मला मरुतरा थापाले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !