तौलिहवा, माघ १६ । कपिलबस्तु जिल्लाको साइक्लिङ सघको अध्यक्षमा नसीरुद्दीन गौरी चयन भएका छन् । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको एक कार्यक्रमका विच उक्त संघ गठन भएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर चौधरी, उपाध्यक्षमा विष्णु घिमिरे, महासचिवमा जियाउल हक र सचिव पदमा सुचेता शाक्य चयन भएका हुन् । त्यस्तै संघको कोषाध्यक्षमा बाल कृष्ण त्रिपाठी, सह कोषाध्यक्षमा संजय मल्ल तथा सदस्यहरुमा कृष्ण गुप्ता, अर्जुन बर्मा, गणेशलाल कर्ण, बालगोविन्द त्रिपाठी, समीर हमाल र राजु लम्साल शर्मा रहनुभएको छ ।
त्यस्तै वरिष्ठ सल्लाहकारमा दिनेश हमाल, कानुनी सल्लाहकारमा मिन पोख्रेल, प्रेस सल्लाहकारमा मनोज श्रीवास्तव, सल्लाहकारमा निरञ्जन पौडेल र राधेश्याम कान्दु रहेका छन् ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मोहित मिश्रको अध्यक्षता, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद सदस्य सन्तोष कुमार कसौधनका प्रमुख अतिथ्यता, कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, कपिलबस्तु जिल्ला व्याडमिन्टन संघको अध्यक्ष दिनेश हमालको विशिष्ठ अतिथ्यता र तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहम्द जाहिद खाँको अतिथ्यतामा भएको थियो ।
कपिलबस्तुको सामग्र विकास र पर्यटन पर्बद्धनमा संघले उल्लेखनिय भुमिका निर्वाह गर्ने कार्यक्रममा उपस्थित बक्ताहरुले जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया !