कपिलबस्तु माघ १९ । कपिलबस्तुको जगदीशपुर तालमा २६ औं सिमसार दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादव, प्रजिअ चक्रपाणी पाण्डे र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजय राज सुबेदीले परेवा उडाएर कार्यक्रमको उदघाटन गरेका थिए ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादवले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताउनुभयो । उहाँले लुम्बिनी संग जोडर जगदीशपुर तालको विकास गर्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि चाहिने बजेटको ब्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो । प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो ।
स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जनतर्फ उन्मुख गराउनु पर्ने बताए । उनले चराहरुको बासस्थानकारुपमा परिचित जगदीशपुर तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताउनुभयो । सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालय प्रमुख बिजयराज सुबेदीले बताउनुभयो । आफूले पनि तालको विकास सरंक्षणका लागि प्रयास गर्ने उहाँले बताउनुभयो । उहाँले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताउनुभयो ।
बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोड्ने गरी यस क्षेत्रको विकास गर्न पर्ने बताए । कार्यक्रममा तालको प्रचारप्रसार प्रबद्र्धन र संरक्षणमा योगदान दिएको भन्दै २ संचारकर्मी, २ खेलाडी र एक संस्थालाई सम्मान गरिएको थियो ।
संचारकर्मी डिलाराम भुसाल र मनोज कुमार श्रीवास्तव, खोलडीहरु तुलसीराम थारु र सुदीप थारु तथा जगदीशपुर होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको थियो । बहुसरोकार मञ्चका सचिव सुनदर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !