तौलिहवा, माघ २० गते । कपिलबस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको छ । सो कारखाना खोल्न कपिलवस्तुको विजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले अनुगमन गरेको हो । योजना आयोगका सदस्य शिवपुजन यादवकाअनुसार विजयनगर गाउँपालिका –४ स्थित देउपुराको पूर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको बताउनुभयो ।
सोहीक्रममा विजयनगर गाउँपालिका औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र रहेको आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “कागज उद्योगका लागि १ करोड र मल कारखानाका लागि ५० करोड रूपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।” कागज उद्योग र मल कारखाना सञ्चालनको सम्पूर्ण प्रक्रियाको साथ तयारी तीव्र रूपमा अगाडि बढाइएको उपाध्यक्ष क्षेत्रीको तर्क गर्नुभयो । लुम्बिनी प्रदेशलाई नै पर्यटन हबको रूपमा विकास गरिने प्रदेशको योजना रहेको उहाँले बताउनुभयो ।
उद्योग र कारखाना स्थापनाका लागि विजयनगर गाउँपालिका सम्भावित औद्योगिक क्षेत्र भएकाले प्राथमिकतामा राखेको योजना आयोगका सदस्य यादवले बताउनुभयो । कपिलवस्तुको विकासका लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।
औद्योगिक क्षेत्रको रूपमा विकास गर्न विजयनगर क्षेत्रमा पटक–पटक प्रदेश र केन्द्रीय सरकारको आयोगमा पहल गर्दैआएको गाँउपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो । सो क्षेत्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य शिवपूजन यादव लगायतको टोलीले क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको थियो ।
तपाईको प्रतिक्रिया !