कपिलवस्तको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने जनाएका छन्।
कपिलबस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह भोली शनिबार नेपाली कांग्रेसमा प्रबेश गर्ने फेशबुक मार्फत जानकारी दिए। नगर प्रमुख शाहले आफ्नो फेसबुकवालमा लेख्दै सो जानकारी दिएका हुन्।
तत्कालीन समयमा स्वतन्त्र उम्मेदवारको रुपमा बिजयी शाह काग्रेस प्रवेश गर्न लागेको बताए। उनले काग्रेस देशको ठुलो र लोकतान्त्रीक पार्टि भएकाले काग्रेस प्रबेश गर्न लागेको बताए।
उनले फेसबुकमा लेखेका छन, ‘मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगरसभापति, क्षेत्रिय सभापति, भातृसंगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशिल सदस्यज्युहरुमा मेरो जय नेपाल अभिवादन टक्र्याउदै भोली मिती २०७८÷१०÷२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तक सहित देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।’
उनका भतिज अभिषेक प्रताप शाह प्रतिनिधि सभा सदस्य हुन। शाह काङ्ग्रेसबाट बिजयी बनेका थिए। उनैले नै शाहलाई काग्रेसमा ल्याएको बुझिएको छ।
तपाईको प्रतिक्रिया !