तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ (ङ) लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले भवनमा मध्यरातिभएको आलगागीमा परि पाच जनाको मृत्यु भएको हो ।
लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले चार पुरूष र एक बालिकाको शव निकालेको छ । शवलाई अस्पताल पठाइएको छ। मृतकहरुको पहिचान भइसकेको छैन ।
अहिले घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्ला सुरक्षा समिति पुगेको छ ।
तपाईको प्रतिक्रिया !