कपिलवस्तु ३ फागुन
१० पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन । मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन । यससंगै जिल्लामा मतदाताको संख्या ३ लाख ८७ हजार ४ सय ७२ पुगेको जिल्ला निर्वाचन काायृलकया प्रमुख ज्ञानुराम पन्थीले बताए । माघ २४ गते सम्म २ लाख ८ हजार २ सय ८० पुरुष, १ लाख ७९ हजार १ सय ९० महिला र २ जना तेस्रो लिंगी मतदाता छन । जिल्लामा गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा ३ लाख ११ हजार सात सय ६० मतदाता रहेका थिए ।गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा १० स्थानीय तहबाट १५ हजार ४ सय ९१ ले नाम दर्ता गराएका थिए । मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख पन्थीले बताए । ‘थपिएका मतदाता र वाँकी मतदाता नामावलीलाई प्रत्येक पालिकामा पठाइने र सुचना र दावी विरोध पछि अन्तिम नामवली अबको एक महिना भित्रै सार्वजनिक गछौ ’ उनले भने । १६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नु पर्ने हुन्छ ।मतदाता संख्या बढे संगै जिल्लामा मतदान केन्द्र पनि बढ्ने भएको छ । २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा २ सय ३३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि २ वटा थप गरीए संगै २ सय ३५ मतदान केन्द्र पुगेको छ । बाहिरी जिल्लाबाट यस जिल्लामा १ सय ४३ जनाले मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी पन्थीले बताए ।सरकारले स्थानीय तह निर्वाचनको मिति तोके सँगै निर्वाचन आयोगले मंगलवारबाट मतदाता नामावली संकलन स्थगित गरेको छ ।
उता स्थानीय पालिकाको निर्वाचको मिति तोकिएसंगै गाउ र चोक चोकमा निर्वाचनको चर्चा सुरु भएको छ । १० वटै पालिकाका बाहालवाला जन प्रतिनिधिहरु फेरी लडने बताएका छन । उनीहरुले आफुले टिक पाउन लबिङ समेत सुरु गरेका छन । १० पालिका र ९६ वटा बार्ड जिल्लामा छन । त्यस मध्ये ६ ठाउमा कांग्रेस,र दुई दुइृ स्थानमा जनता समाजबादी पार्टी र एमालेका उम्मेदवारले गत निर्वाचनमा जितेका छन ।
तपाईको प्रतिक्रिया !