पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीद्वारा स्वागत कार्यक्रम गरिएको छ।
जनप्रतिनिधि र कर्मचारीद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेलाई स्वागत गरिएको हाे ।
प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरीले घिमिरेलाई टिका तथा खादा लगाई कार्यकारी अधिकृतलाई स्वागत गरेकी थिइन । त्यसै गरी उपस्थित सबै कर्मचारीले फूल र खादाबाट नवआगन्तुक कार्यकारी अधिकृत घिमिरेलाई स्वागत सम्मान गरेका थिए ।
स्वागत गर्दै कार्यवाहक अध्यक्ष चाैधरीले सबै मिलेर प्रतापपुरको चौतर्फी विकासको गति बढाउनु पर्ने अबको यात्रा रहेको बताउनुभएको थियो ।
त्यस्तै कार्यकारी अधिकृत घिमिरेले कर्मचारी र स्थानीयको सहयोग र समन्वयमा प्रतापपुर गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया !