लुम्बिनी समय । सम्वाददाता
कपिलबस्तु, फागुन १६ । कपिलबस्तु जिल्ला संग सटेको सिमा नाका ४८ घण्टाको लागि बन्द हुने भएको छ । कपिलवस्तुको सीमावर्ती जिल्ला भारतको सिद्धार्थनगर जिल्लामा यही मार्च ३ अर्थात फागुन १९ गते निर्वाचन हुने भएकोले सिमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।
निर्वाचन सकिनु ४८ घण्टा पूर्व १ मार्च अर्थात फागुन १७ गते बेलुका ६ बजे पछि सुरक्षाका लागि नेपाल भारत आवतजावत गर्न सीमा बन्द हुने उहाँले बताउनुभयो ।
टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् । नेपालबाट प्रवेश रोकिने छ । त्यस अवधिमा ईमर्जेन्सी मेडिकलका लागि जानु परेको अवस्थामा सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिनेछ ।
तपाईको प्रतिक्रिया !