कपिलवस्तु १८ फागु्न
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुड्ढी खेल मैदानमा आयोजित पाचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको बिधिवत उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिामा पालिकामा भईरहको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाईरहेको बताईन ।
उनले यही अवसर मार्फत आफ्नो प्रतिभा देखाउदै पालिका र जिल्ला कै नाम उचो राख्ने काम समेत खेलाडीहरुले गरेको बताईन । उनले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुद सहीत पुर्वाधार, पर्यटन लागतयतका क्षेत्रमा अन्य जिल्ला भन्दा बढी बजेट बिनियोजन गरेको बताईन ।
सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफ्नो कार्यकाल सकिन लाग्दा पाचौ बर्ष सम्म जारी रहेको यी प्रतियोगीताले खेलाडीहरुले के कस्तो लाभ पाए त्यस्को मुल्यांकन गर्ने बेला आएको बताए । उनले नगरपालिकाले खेल क्षेत्रलाई सूरु देखि नै प्राथमिकतामा राखेको भन्दै जसले गर्दा यहाका खेलाडीले राष्ट्रिय स्तरमा समेत राम्रो प्रर्दशन गरेको बताए । पालिमा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफनो प्रतिभा समेत देखाउने मौका पाएको उनले बताए ।
कक्षा ८ सम्म आधारभुत तहको मेयर कप र नौ देखि १२ सम्मको राष्ट्रपति रनिङ शील्ड फागुन २१ सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए ।
प्रतियोगीतमा एथलेटिक्स, भलीबल लगातयका खेल हुनेछन । मेयर श्रेष्ठको अध्यक्षता, शिक्षा शाखा प्रमुख भट्टराईको संचालनमा भएको कार्यक्रममा कांग्रेस नगर अध्यक्ष माधव दामासे, एमाले नगर अध्यक्ष देबीराम बेल्बासे, प्रशासन प्रमुख राजन कुमार पोख्रेल लागतयले शुभकामना मन्तब्य दिएका थिए ।
उदघाटन सत्रमा सहभाग िबिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै, नृत्यु, करातको काता प्रर्दशन गरिएको थियो । कार्यक्रममा उप मेयर मीरा थारु बिभिन्न राजीतक दलका नेता, सामाजिक ब्यक्तित्वहरुको समेत सहभागीता थियो ।
तपाईको प्रतिक्रिया !